गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अली अलि’ युट्युबमा सार्वजनिक




काठमाडौं, कार्तिक ६

गायक तथा संगीतकार शिव परियारको नयाँ म्युजिक भिडियो ‘अली अलि’ युट्युबमा सार्वजनिक भएको छ ।

गजल गायन को पुरानो शैलीला इ छोडेर गजल मा नयाँ प्रयोग गर्दै लोकप्रिय बनेका  परियारले अलि अलिमा पनि आफ्नो नयाँ गजलिय शैलीलाइ दोहोर्याएका छन ।

डान्स ग्रुप भाइव एण्ड वेभका लिडर राहुल साह ले भिडियोको निर्देशन गरेकाअ हुन भने गितमा विजेश्वरराज तण्डुकारको संगीत संयोजन र इन्द्रनारायण चोंग्वांग लिम्बुको शब्द रहेको छ।

पछिल्लो समय संगीत क्षेत्रमा गितलाई भन्दा भिडियोलाई महत्व र प्राथमिकता दिने गरिएको र संगीतको गुणस्तर घट्दै गएको भन्ने कुरालाई भिडियोले चरितार्थ गरेको देखिन्छ ।

हट सिक्वेन्समा बनेको म्युजिक भिडियो युबा लक्षित छ भन्न सकिन्छ ।

हेर्नुहोस भिडियो-

प्रकाशित मिति : कार्तिक ६, २०७५ मंगलबार  ११ : १६ बजे