मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार बिहानै दिल्ली हिडे नेकपा अध्यक्ष प्रचन्ड



कात्तिक ९,काठ्मान्डौ-

नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार बिहान भारतको नयाँ दिल्ली हिडेका छन् ।

प्रचण्ड भारतीय जनता पार्टीले आयोजना गरेको थिंक ट्याङ्क इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिन दिल्ली गएका हुन् ।

प्रचण्डले प्रमुख अतिथिका रुपमा उक्त कार्यक्रमलाई सम्बोधन गर्ने छन् । भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूलाई दुई महिनाअघि निमन्त्रणा आएको बताए ।

पहिले गोवामा कार्यक्रम हुँदा आउन नभ्याउने बताएको र दिल्ली सरेपछि बिहान गएर बेलुका फर्कने भएकाले विचार सम्बन्धी कार्यक्रममा भाग लिएर फर्कने बताए ।

उनले विचार निर्माणमा इन्डिया फाउन्डेसनको भूमिका महत्वपूर्ण रहेको बताए । उनले विचार सम्बन्धी पार्टीको दृष्टिकोण, देशको दृष्टिकोण, दक्षिण एसियाको विकास र नेपाल–भारत सम्बन्धको बारेमा विचार राख्ने बताए ।

प्रचण्डले कुनै राजनीतिक भेटघाट नहुने पनि बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार  ५ : ३६ बजे