मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पण्डित सम्मेलन शुक्रबारदेखि काठमाडाैंमा सुरू , चाडबाडका बिदा काटिएकोमा पण्डितहरुको आक्रोस



९ कात्तिक, काठमाडौँ ।

राष्ट्रिय धर्मसभा नेपालले अायोजना गरेको पाँचौँ पण्डित सम्मेलन काठमाडाैंमा शुक्रबारदेखि सुरू भएको छ ।

सम्मेलनमा दशैँ, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमीजस्ता सनातनदेखि चलिआएका मौलिक धर्म, संस्कृति र चाडबाडका बिदा काटिएको भन्दै पण्डितहरुले चाडबाडका बिदा कटौती अविलम्ब फिर्ता लिन माग गरे।

कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम, समितिका पूर्वअध्यक्ष तथा धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदी, हिन्दू जनजागृति संस्थान भारत गोवाका अध्यक्ष डा चारुदत्त पिँगले, किराँत ज्योतिषी सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्मा, लामा धर्मगुरु खिलबहादुर थिङ लामा, पर्व सुधार अभियानकर्मी हरिनारायण मल्ललगायतले नेपालका मौलिक धर्मसंस्कृति संरक्षणका लागि सबैका सामूहिक आवाज आवश्यक रहेकामा जोड दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार  १ : २७ बजे