मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारी दुर्घटनामा परी नेपाल प्रहरीका डिआइजी र अन्य दुइ जनाको मृत्यु



बनेपा ।

सवारी दुर्घटनामा परी काभ्रेपलाञ्चोकमा  नेपाल प्रहरीका बहालवाला डिआइजी शुशील भण्डारीको मृत्यु भएको छ । काभ्रे प्रहरीका एसपी रविराज खड्काका अनुसार डिआइजी भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बा ३ प २८७ नम्बरको नीजि गाडीमा ६ जना सवार थिए । डिआइजी सहित अन्य दुइ जना मन्डन देउपुर नगरपालिका–४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्कीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ  । पराजुली रेडियो गौरवमा कार्यरत थिए भने कार्की ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक हुन् । गाडीमा सवार अन्य तीन जनाको धुलिखेल अस्पतलामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार  १ : ४२ बजे