मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 प्रधानमन्त्री ओली अस्पताल भर्ना , स्वास्थ्यमा थप समस्या



काठमाडौं कात्तिक, १२–

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा  समस्या देखिएपछि  अस्पताल अस्पताल भर्ना भएका छन् । केही दिनयता बिरामी परेका उनलाई सोमबार बिहान ४ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको हो। अहिले उनलाई मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा राखिएको छ।

उनलाई कलेजो विशेषज्ञ एवं निजी चिकित्सक दिलिप शर्मा, छातीरोग विशेषज्ञ सन्तकुमार दास, मुटु रोग विशेषज्ञ अरुण सायमी, एनेस्थेसिया विशेषज्ञ सुवास आचार्य, मृगौला रोग विशेषज्ञ एवं निजी चिकित्सक दिब्य सिंह शाह र नाक कान घाँटी विशेषज्ञ प्रकाश काफ्लेले उपचार गरिरहेका छन् ।

रूघाखोकीसँगै ज्वरो आएका प्रधानमन्त्रीलाई आइतबार ज्वरो केही घटेको थियो। चिकित्सकहरूले तीन दिनसम्म आराम गर्न सल्लाह दिए पनि आइतबार प्रधानमन्त्री बालुवाटारमै भएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए। बैठकमा भने उनी दश मिनेटमात्र बसेका थिए।

राति खोकी झन् बढेपछि उनलाई अस्पताल लगिएको स्रोतले जानकारी दियो। प्रधानमन्त्रीको स्वास्थ्यबारे उनको सचिवालयले केहीबेरमा विज्ञप्ति जारी गर्दै छ।

यसअघि प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका डाक्टर दीलिप शर्माले प्रधानमन्त्रीलाई रूघाखोकी लागे पनि संक्रमण नभएको बताएका थिए।

प्रधानमन्त्री ओलीले ११ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका थिए। मृर्गौला पत्यारोपण गरेकाहरूलाई संक्रमणको सम्भावना ज्यादा हुन्छ।

 

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार  ३ : ४९ बजे