मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूमिगत रहदै आएका नेकपा नेता बिप्लब मंसिर ८ मा काठ्मान्डौमा सार्बजनिक हुँदै



काठमाडौं कात्तिक, १३–

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेका सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो ।

सभामा एक लाखभन्दा बढी सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ । हाल विप्लव कहाँ छन् भन्ने जानकारी गराइएको छैन ।

केही दिनअघि सत्तारुढ दल नेकपाको चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो ।

सभामा नेकपाले मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादीलाई आमन्त्रण गर्ने भएको छ। सो सभामा पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेताहरुले सम्बोधन गर्ने जनाइएको छ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार  ६ : ५९ बजे