काठमाडौं ।
लोकप्रिय भारतीय अभिनेता आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज हुनुभन्दा केही दिन अघि विवादमा परेको छ ।
फिल्मका निर्माता, निर्देशक र अभिनेता आमिर खानको विरुद्धमा कुनै जाति विशेषलाई अपमानित गर्दै मानहानि गरेको र भावनामा ठेस पुर्याएको भन्दै अदालतमा मुद्दा दायर भएको हो ।
१२ नोभेम्बरमा वकिल हंसराज चौधरीले यो मुद्दाको विषयमा आफ्नो बयान दिनेछन् । केही दिनअघि फिल्ममा मल्लाह जातिलाई फिरंगी नाम दिइएको भन्दै विवाद देखिएको हो ।