मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फ्लोरिडाको  योगा स्टुडियोमा बन्दुक आक्रमण् : एकको ज्यान गयो, ४ जना घाइते



काठमाडौं ।

अमेरिकाको फ्लोरिडामा रहेको योगा स्टुडियोमा अज्ञात व्यक्तिले गरेको गोली आक्रमणमा एक जनाको ज्यान गएको छ भने ४ जना मानिसहरु घाइते भएका छन् ।

शनिबार योगा स्टुडियोमा सो आक्रमण भएको हो । समाचारमा बताइएअनुसार गोली आक्रमणपछि आक्रमणकारीले आफैंलाई पनि गोली हानेका गरेका थिए । टेलाहिसी सहरका प्रवक्ता एसियन फेरिसले स्थानीय सञ्चारमाध्यमहरुलाई दिएको जानकारीअनुसार आक्रमणकारीको पनि ज्यान गइसकेको छ ।

घटनामा घाइते ४ जना मानिसहरुलाई अस्पताल पुर्‍याइएको छ । प्रहरीकाअनुसार घाइतेहरुको अवस्था गम्भीर रहेको छ । प्रहरी आक्रमणकारीको पहिचान गर्न लागि परेका छन् । घटनाको विषयमा थप अनुसन्धान पनि जारी रहेको प्रहरीले बताएको छ ।

बन्दुक आक्रमणका घटनाहरु अमेरिकामा पटक पटक हुनेगरेका र अमेरिकि सरकारकै लागी टाउको दुखाइ बन्ने गरेका छन ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार  ८ : ०२ बजे