मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल आइडलका बुद्द लामाको नया गीत ‘रातो टिका टल्क्यो टल टल’ युट्युबमा सार्वजनिक ( भिडियो सहित्)



१७ कात्तिक, काठमाडौं–

नेपाल आइडल सिजन वानका विजेता बुद्द लामा ले आफ्ना फ्यान हरुको चित्त बुझाउन सक्लान कि नसक्लान भन्ने प्रश्न उठी रहेका बेला बुद्द लामा ले नयाँ गित लिएर आएका छन ।

बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्द लामालाई मेलिना राईले साथ दिएकी छन्। चर्चित डान्स ग्रुप भिमफेदी गाइजको आकर्षक नृत्यको साथमा तयार भएको यस भिडियोलाई भद्रगोलका काकु अर्थात लेखक तथा निर्देशक दीपक आचार्यले निर्देशन गरेका हुन्।

नेपाल आइडल भएपश्चात नेपाली गीतसंगीतमा बुद्द लामाको दमदार उपस्थिती नभएको गुनासो आइरहेको समयमा आफुले त्यस कुरालाई सम्बोधन गर्नका लागि यो गीत निकालेको बुद्दको भनाई रहेको छ।

गित को भिडियो राम्रो बनेको छ भने गायन का हिसाबले बुद्द र मेलिना को मिठो आवाज गितमा सुन्न सकिन्छ तर शब्द र संगीत सिर्जना का हिसाबले गित औसत भन्दा खासै माथी उठेको देखिदैन ।

भिडियो हेर्नुहोस-

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार  ८ : ३० बजे