मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्घाखाँचीमा नरभक्षी चितुवा आतङ्क, आज चितुवाको आक्रमणबाट ४ बर्षिय बालकको मृत्यु



काठ्मान्डौ-

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ढिकुरा पेँहाले निवासी माधव प्रसाद घिमिरेको ४ बर्षिय छोरा आरएन घिमिरेको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

अहिले बेलुकी ५ बजेतिर आफ्नै घर आमाको काखमा रहेको बखत चितुवाले आक्रमण गरि गम्भीर घाइते बनाएकोमा निजको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको अर्घाखाँची प्रहरिले जनाएको छ ।

स्थानीय छिमेकी खिम प्रसाद मरासिनीले उपचारको क्रममा गम्भीर घाइते अवस्थामा  जिल्ला अस्पताल ल्याएपछि उपचार सुरु गर्न नपाँउदै चिकित्सकले मृत घोषणा गरेका थिए ।

चितुवाले विगत ३ बर्षदेखि आतंक फैलाउँदा जिल्लावासी अत्यन्तै त्रासमा बस्न बाध्य भएका छन् । चितुवा नियन्त्रण गर्न अनेक प्रयास गर्दा पनि नरभक्षी चितुवा मार्न सकिएको छैन ।

अहिलेसम्म अर्घाखाँची जिल्लामा १५ जना बालबालिकालाई चितुवाले आक्रमणबाट मृत्यु भएको छ । ६ जना गम्भीर घाइतेपछि निको भएका छन् । यसलाई राज्यले गम्भिरता पूर्वक सुरक्षाकर्मी परिचालन गरेर वा निकुञ्जबाट बाघ नियन्त्रण गर्ने टोली परिचालन गरि नरभक्षी बाघ नियन्त्रण गर्न सम्बन्धित निकाय समक्ष स्थानियले माग गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७५, शनिबार  २ : ४४ बजे