मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री मोदीलाई नेपालले धेरै महत्व दिएको भारतीय कांग्रेस–आईको आरोप



१९ कात्तिक, काठमाडौं–

भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महत्वव नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी)लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ । आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको हो ।

नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ । उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक÷अनौपचारिक आग्रह गरेको हो । कांग्रेस आईले कूटनीतिक च्यानलमार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीको राजनीतिक धारलाई नेपालले साथ दिएको गुनासोसहित उसले यस्तो सन्देश प्रवाह गरेको हो । सरकारले भारतसँगभन्दा पनि दलसँग सम्बन्ध राख्न खोजेझैं देखिएको भन्दै यसमा सचेत रहनुपर्ने उसले बताएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको पछिल्लो नेपाल भ्रमणको सन्दर्भलाई कोट्याएर उसले यस्तो धारणा राखेको हो । कर्नाटक निर्वाचनको मौन अवधिमा मोदी नेपाल आएका थिए । त्यस समयमा नेपाल भ्रमण गर्दै मुक्तिनाथबाट गरिएको टेलिभिजन ‘लाइभ’प्रति इंगित गर्दै यस्तो धारणा आएको हो ।

नेपाल र भारतबीच दुईपक्षीय सम्बन्ध राम्रो होस् भन्ने चाहना भारतीय कांग्रेसको सधैं रहेको तर भारतको आन्तरिक मामिलामा नै असर गर्ने गरी नेपालले प्रधानमन्त्री मोदी र उनको पार्टीलाई मात्रै प्राथमिकता दिएको भनी उसले असन्तुष्टि व्यक्त गरेको हो ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार  ५ : १० बजे