मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो तिहारका लागि कतिको फूल आयत हुँदैछ ? यस्तो छ फूल ब्यापारको नालिबेली



काठमाडौं-

आउँदो तिहारका लागि लगभग ३ करोड रुपैयाँको फूल आयात गरिएको छ। यसपालीको तिहारका लागि ३ करोडको फूल आयात भएको र यो रकम पोहर तिहारमा भित्र्याइएको भन्दा दुई करोड कम भएको फ्लोरीकल्चर एसोसियशन नेपाल(फ्यान)ले जनाएको छ ।

गएको आर्थिक बर्षको पहिलो चौमासिकमा ५ करोडको फूल आयात भएकोमा यस बर्षको चौमासिकमा घटेर ३ करोडको मात्र आयात भएको गत आर्थिका वर्षमा भने नेपालले ११ करोडको फूल आयात गरेको थियो। पोहर तिहारमा झण्डै तीन लाख सयपत्रीको माला भारतबाट आयात भएको थियो। नेपालमा फूलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगिसके पनि भारतबाट आयात गर्नुपर्ने अबस्था भने अझै हेटको छैन ।

नेपालमा करीब ७ सय व्यक्ति र संस्थाले फूल व्यवसाय गरेको रेकर्ड फ्यानसँग छ। करीब ३ हजार रोपनीमा लगाइएको फूल खेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएका र आर्थिक वर्ष २०७४-०७५ सम्म आइपुग्दा फूल व्यवसाय ४३ जिल्लामा विस्तार भएको फ्लोरीकल्चर एसोसियशनले बताएको छ । विसं २०११ देखि नेपाल नीजि नर्सरीको स्थापनासँगै ब्यवसायिक पुष्प खेती शुरु भएको हो।

फूल को किनबेच सधै हुने भयपनी नेपालमा हरेक बर्ष तिहारमा फूल को खपत धेरै हुनेगरेको छ । तिहारमा घर घरमा फूल र फूल को माला प्रयोग हुने गरेको छ । भाई टिकाको दिन दिदिबहिनीहरुले आफ्ना दाजुभाइ हरुलाई बिभिन्न रङ्गिचङ्गी फूल हरुले पुजा गर्ने र माला लगाइदिने चलन रहेको छ । तिहारलाई फूलहरुको पर्ब समेत भन्ने गरिन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार  ६ : ०३ बजे