डोल्पा कात्तिक, १९–
डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सोमबार सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप दुर्घटना भएको हो ।
ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा जीप खस्दा १० जनाको मृत्यु डोल्पा प्रहरीले जनाएको छ । दुई जनाको जिवितै उद्दार गरिएको छ ।
उनीहरुको दुनै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।