मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेसार पानी खाने गरौ : बेसार पानी नियमित खादा यती धेरै फाइदा



काठमाडौं-

मनतातो पानी पिउने बानी धेरैको हुन्छ । बिशेश गरेर जाडो महिनामा बिहान बेलुकी मन ततो पानी धेरैले पिउने गर्दछन । तर त्यही पानीमा बेसार राखेर पिउदाका फाइदा थोरैलाई थाहा छ होला ।

बेसार पनिका धेरै नै  फाइदा छन । बेसार हाम्रा लागी घरेलु औशधी नै हो ।यसको नियमित प्रयोगले धेरै नै फाइदा लिना सकिन्छ । हामीले परिकारसँग खाएको बेसारले पनि निकै फाइदा पुर्‍याइरहेको हुन्छ।

यसमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको हुन्छ।अनुसन्धानका अनुसार नियमित बेसार खाने व्यक्तिलाई सानोतीनो रोगले सताउँदैन।

के के छन त बेसार पानीका फाइदा ?

जानिराखौ-

– बेसारमा करक्युमिन नामक रसाय रहेको हुन्छ। यसले सुन्निएको शरीरमा दुखाई कम गर्ने काम गर्छ।

– बिहान उठ्ने वित्तिकै मन तातो पानीसँग बेसार मिलाएर खाएमा दिमाग तेज हुन्छ।

– बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ।यसले क्यान्सर उत्पादन गर्ने कोशिकाहरुसँग लड्ने काम गर्छ।

– बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ।

– नियमित बेसार पानी पिउँदा यसले रगत सफा गर्नुका साथै शरीरमा रगत जम्न दिँदैन।

– शरीर दुखेको समयमा बेसार खाँदा यसमा रहेको करक्युमिन तत्वले दुखाइ कम गर्न ठूलो भूमिका खेल्छ।

–  नियमित बेसार पानी पिउँदा अनुहारमा आउने चाउरीपनाबाट बच्न सकिन्छ। यसले सयम नपुग्दै आउने चाउरीपनालाई रोक्ने काम गर्छ।

– नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ।

-एजेन्सी

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार  १२ : ०३ बजे