मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चलचित्र चौका दाउ को मेरो माया कतारमा’ बोलको आइटम गीत सार्वजनिक



काठ्मान्डौ-

‘मेरो माया कतारमा’ बोलको चलचित्र ‘चौका दाउ’ को दोस्रो गीत सार्वजनिक भएको छ । यस आइटम गीतमा श्री पुरुष ढकालको शब्द तथा संगीतकार शम्भुजित बास्कोटाको संगीत र स्वर रहेको छ भने फिमेल स्वर सुमन गुरुङको रहेको छ सार्बजनिक गीतको भिडियो चलचित्रका सम्पूर्ण मुख्य कलाकार हरुलाई फिचर्ड गरिएको छ ।

सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘चौका दाउ’मा वर्षा राउत, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, सन्तोष पन्त,निर्मल शर्मा,अजश्र ढुंगाना र सोनीका केसीको मुख्य अभिनय रहेको छ । चलचित्र ‘चौका दाउ’ को कथा पनि संगीतकार बास्कोटाले नै तयार पारेका हुन् ।

पुणेन्दु झाको निर्देशनमा तयार भएको चलचित्रलाई सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा दीर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्र आगामी पुष २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

हेर्नुहोस भिडियो-

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार  १२ : २७ बजे