मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाको प्रतिनिधि सभामा विपक्षी दलको बहुमत् , राष्ट्रपती ट्रम्प अफ्ठेरोमा



काठ्मान्डौ-

एजेन्सी

अमेरिकाको तल्लाे सदन प्रतिनिधि सभामा विपक्षी दल डेमोक्र्याटले बहुमत ल्याएकाे छ। मध्यावधि चुनावमा डेमोक्र्याटले स्पष्ट बहुमत ल्याएकाे छ भने माथिल्लाे सदन सिनेटमा सत्तारुढ दल रिपब्लिकन पार्टीले बहुमत ल्याएकाे छ। तल्लाे सदनमा विपक्षी दलले बहुमत ल्याएपछि राष्ट्रपति डाेनाल्ड ट्रम्पलार्इ अाफ्ना कार्यक्रम सञ्चालन गर्न गाह्राे पर्ने देखिएकाे छ।

अमेरिका सम्पन्न निर्बाचनलाई ट्रम्प शासनको जनमत सङग्रहका रूपमा समेत हेरिएको थियो । निर्बाचनको परिणामले राष्ट्रपती ट्रम्पको लोकप्रियता खस्केको देखाएको छ ।

राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थीत हुनलागेको हो।

तल्लाे सदनमा बहुमत ल्याएपछि  डेमोक्र्याटिक पार्टीकी नेता नान्सी पालाेसीले समर्थक र मतदातालार्इ धन्यवाद व्यक्त गर्दै भाेली अमेरिकाका लागि नयाँ दिन हुने बताइन्।

राष्ट्रपतिमा निर्वाचित भएकाे दुर्इ वर्षमै ट्रम्प सरकारले व्यहाेरेकाे हारले अमेरिकामा सत्ता सन्तुलन स्थापित गराउन सक्ने बताइएकाे छ। अमेरिकी चुनाव अधिकारी माइकल म्याकडोनल्डका अनुसार यस चुनावमा कुल ३८ दशमलव ४ लाख अमेरिकनले अाफ्नाे मताधिकारकाे प्रयाेग गरेका थिए।

प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि मतदान भएको थियाे।

प्रकाशित मिति : २१ कार्तिक २०७५, बुधबार  १२ : ०३ बजे