शंखधर शाख्वाको योगदान अहिले पनि उत्तिकै सान्दर्भिक : प्रधानमन्त्री ओली



काठमाडौँ –

नेपाल संवतको नयाँ वर्ष ११३९का अवशरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शाख्वा कै योगदानका कारण नेपालको मौलिक संवत नेपाल संवत प्रचलनमा आएको उल्लेखगरेका छन् ।  शाख्वाको योगदान अहिले पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख  छ ।

प्रधानमन्त्री ओलीले नेपाल संवतको सुरुवातको घटना नै प्रेरणादायी भएको सन्दर्भ पनि उल्लेख गरेका छन् । शंखधर शाख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण उनी शताब्दीऔँ पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार  ४ : १७ बजे