मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहरुख खानको रेकर्ड तोड्यो आमिर खानको‘ठग्स अफ हिन्दोस्तान’ ले



काठ्मान्डौ-

एजेन्सी

एक साहित्यकार को कथा मा अधारित रहेर सन् १७९५ को घटना देखाइएको भारतीय चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ ले रिलिजसगै यस अघाडिका रेकर्ड हरु तोडेर आक्रामक ब्यापार शुरु गरेको छ । यो फ्लिम भारतमा २०१८ को निकै आशा गरिएको फिल्म समेत हो ।

चलचित्र रिलिजकै दिन सर्वाधिक कमाई गरेको शाहरुख खानको नाममा रहेको कीर्तिमान यो चलचित्र ले तोडेको छ । चलचित्रले पहिलो दिन मै ५२ करोड भारतीय रुपैयाँको कमाइ गरेर  रेकर्ड तोडेको हो ।

चलचित्रले हिन्दी भर्जनमा ५०.७५  करोड कलेक्शन गर्‍यो भने तमिल र तेलुगू भर्जनमा करिब १.७५ करोड रुपैयाँ बटुल्न सफल भयो । यसरी चलचित्रले भारतमा ५२ करोड रुपैयाँ कलेक्शनको रेकर्ड बनायो ।’

दिपावलीमा  रिलिज भएर  ५२ करोड कलेक्शन गर्ने  ‘ठग्स अफ हिन्दोस्तान’ पहिलो बलिउड चलचित्र हो । साथै यशराज व्यानरमा पनि चलचित्र लागेकै दिन सर्वाधिक कमाई गर्ने पहिलो चलचित्र हो । त्यस्तै ‘ठग्स अफ हिन्दोस्तान’ भन्दा पहिले कुनै पनि हिन्दि चलचित्रले एक दिनमा ५०.७५ करोडको कमाइ गरेको थिएन। यसरी चलचित्रले पहिलो दिन तीन रेकर्ड बनाउन सफल भएको छ।

‘‘ठग्स अफ हिन्दोस्तान’ ले सबै रेकर्ड तोडेर प्रदर्शनमा रहेको भारतीय सन्चारमाध्यम हरुमा समाचार छ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार  २ : २१ बजे