मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुममा पत्रकारमाथी नेकपाका कार्यकर्ताको आक्रमण् : घटनाप्रती प्रेस युनियनको आपत्ती



काठमाडौं-

तिहारको भाइटिकाका दिन नै नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल लाई नेकपाका कार्यकर्ताहरुले आक्रमण गरी घाइते बनाएका छन । उनि सगै  राष्ट्रिय भलिवल खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरुलाई छुरी तथा अन्य हतियार प्रहार गरि घाइते बनाएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गामा लगिएको छ।

यस अघी पनि लोकतान्त्रीक खेल्कुद संघले जिल्लामा आयोजना गर्न लागेको भलिबल प्रतियोगिताका क्रममा बिबाद भएको र प्रतियोगिता स्थानिय प्रशाषनले बलपूर्वक रोकेको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आक्रमणको निन्दा गरेका छन्। शर्माले घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण समेत गराएका छन्।

यसै बिच  रुकुमको घटना लगत्तै नेपाल प्रेस युनियनले विज्ञप्ती निकाली विरोध गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली राज्य संरक्षित गुण्डागर्दीमा परि गम्भिर घाइते भएका खनालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल उपचारको लागि व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्र्द। साथै उनले गुण्डागर्दीमा उत्रिएका व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिइ कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन्। शिवाकोटीले दोषीहरुलाई कार्वाहीमा ढीलासुस्ती गरिए देशभरका पत्रकार साथीहरुलाई लिएर सरकार विरुद्ध नै आन्दोलित हुने समेत चेतावनी दिएका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार  ५ : ३८ बजे