मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्यानमारा चितुवा पासोमा परेपछी अर्घाखाचिका स्थानियबासी दङ्ग



अर्घाखाचि-

अर्घाखाचिमा पछिल्लो पाँच वर्षमा अर्घाखाँचीमा दुई दर्जन बालबालिकामाथि आक्रमण गर्ने र १८ जनाको ज्यान लिने चितुवालाई स्थानियबासिले पासोमा पारेका छन ।

केहि समय अघाडी मात्रै चितुवाको आक्रमणबाट ढिकुराको पियालेमा ४ वर्षीय बालकको ज्यान गएपछि चितुवा मार्न प्रहरी परिचालन गरिएको थियो भने स्थानीयले चितुवा पासोमा पार्न बाघ खोर (पासो) थापेका थिए।

त्यही पासोमा चितुवा परेपछी स्थानियबासी खुशी भएका छन । अब चितुवाको आक्रमण झेल्नु नपर्ने भएकोले स्थानिय ढुक्क भएका छन । चितुवाले धेरैजसो बालबालिकामाथी आक्रमण गर्ने गरेको थियो ।

खोरमा परेको चितुवा जिल्ला डिभिजन वन कार्यालयमा ल्याइएको अर्घाखाची प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार  १२ : ०० बजे