मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य सामाचारमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बिदेश यात्रा



कात्तिक २५, काठमाडौँ –

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको बिदेश यात्रा एतिखेर सामाचार को शिर्षक बनेको छ । उपचार गर्न भनेर थाइलान्ड हिडेका मन्त्री राइ  सुटुक्क अमेरिका पुगेपछी भ्रमण बिबादित समेत बनेको छ।

प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ ।  आजको कान्तिपुर दैनिकमाखबर छापिएको छ ।

त्यस्तै मुख्य मन्त्री राइको भ्रमण प्राय सबै अनलाईन अखबार हरुको समाचार बनेको छ ।

कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषद्सँग अनुमति लिएका छैनन् । उनको भ्रमणबारे ‘जानकारी नभएको’ परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘निजी खर्चमा उपचार गर्न थाइल्यान्ड जान लागेको पत्रपत्रिकामा पढेको थिएँ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘उपचारै गर्नका लागि त परराष्ट्रलाई सोधिरहन पर्दैन ।’

परराष्ट्रले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमणको प्रोटोकल सिधै हेर्दै आएको छ ।

देश संघीय संरचनामा गएपछि प्रदेशका मुख्यमन्त्रीहरूको भ्रमण के गर्ने भन्ने व्यवस्था नबनिसकेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा परराष्ट्रले आवश्यक प्रबन्ध गर्दै आएको छ ।

जनाता प्रतिको उत्तरदायित्व भन्दा बिदेश भ्रमण को मोह नेता हरुमा बढीरहेको भन्ने जनगुनासो बढीरहेको बेला प्रदेशका मुख्य मन्त्री ले नै सरकारी नियमको नियमको उलङघन गर्दै बिदेश हिड्दा त्यस्ले झनै जनाताको असन्तुष्टी बढ्ने देखिन्छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार  ४ : ३४ बजे