मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तिम अवस्थामा कसरी भाडियो तीन राप्रपाको एकता ?



कात्किक २५,  काठमाडौ –

एकता घोषणका लागि सोमबारलाई राष्ट्रिय सभागृहको सभाहल भाडामा लिइसकेको अवस्थामा तीन राप्रपाको एकता भाँडिएको छ ।

चुनाव चिन्हकाे विवादले पार्टी एकता भाँडिएको कमल थापा निकट नेताहरुले बताएका छन् । थापा पक्षीय नेताहरुले पशुपतिशमशेरकै कारण एकता भाँडिएको आरोप लगाएका छन् ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शम्शेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा राष्ट्रवादीबीच पार्टी एकता हुने भनिएको थियो । पार्टी एकताका  लागि सबै विषयमा कुरा मिलेर घोषणासम्म पुगिसकेका बेला कमल थापा पक्षधरले चुनाव चिन्ह गाईनै हुनु पर्ने र राणा पक्षले चुनाब चिन्ह हलोनै हुनुपर्ने अडान राखेपछी एकता हाललाइ भाडिएको  नेताहरुले बताएका छन ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार  १ : ०२ बजे