मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको विषयमा सम्झौता गर्न सकिदैन: कमल थापा



काठ्मान्डौ-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकताका नाममा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको विषयमा सम्झौता गर्न नसकिने बताएका छन्।

राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी)का बीच विगतमा भएका पार्टी एकताका प्रयासका बारेमा पार्टीका जनवर्गीय सङ्गठनका प्रतिनिधिलाई आज जानकारी गराउने क्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन्।

बैठकमा सबै विभाग र भ्रातृ सङ्गठनहरुले आगामी तीनमहिने कार्य योजना पेश गरेका छन्। शुक्रबार पेश भएका कार्ययोजनामा हिन्दू राष्ट्र पुनःस्थापनाका लागि राष्ट्रिय जनजागरण अभियानलाई सबै विभाग र सङ्गठनहरुले प्रमुख रुपमा उठाएका छन्।

पार्टीको संयोजित सङ्गठन विभागले आगामी मङ्सिर ७ गते सबै भ्रातृ सङ्गठनको उपत्यकास्तरीय संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकमा पेश भएका कार्यक्रमको नियमित अनुगमन पार्टीको केन्द्रीय सचिवालयले गर्नेछ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले सैद्धान्तिक दृष्टिकोणमा प्रस्ट रहेर मात्रै अन्य पार्टीसँग एकता अगाडि बढाउने भएको छ।

पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीभित्र बृहत् छलफलपछि मात्रै पार्टी एकता गर्ने निणर्य गरेको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।

उक्त पार्टीले राप्रपा परिवेशका र अन्य दलसँग एकताका लागि छफलल गरिरहेको छ। पार्टीको भ्रातृ सङ्गठन पूर्वप्रहरी परिषद्को केन्द्रीय कार्यसमितिको बैठकले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आगामी फागुन ७ गतेदेखि सशक्त अभियान शुरु गर्ने निर्णय गरेको छ। रासस

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार  २ : २४ बजे