मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको ८७ औँ महासभामा भाग लिन आइजीपी सर्वेन्द्र खनाल दुबईमा



२ मङ्शिर काठ्मान्डौ-

दुबईमा आज बाट सुरु अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको ८७ औँ महासभामा भाग लिन प्रहरी महानिरीक्षक आइजीपी सर्वेन्द्र खनाल दुबई पुगेका छन ।

आजबाट शुरु भएको महासभामा १ सय ९२ देशका प्रतिनिधि सहभागी हुने र सदस्य राष्ट्रका वार्षिक प्रतिवेदन पेश हुनेतथा इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका पदाधिकारीहरुको निर्वाचन हुने प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोका निर्देशक प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी त्यसतर्फ गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार  ७ : २४ बजे