मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघको म्याद २ महिना थप्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय



३ मंसिर, काठमाडौं–

कांग्रेस केन्द्रीय कार्यसमितिको बहुमतबाट नेविसंघको कार्यकाल दुई महिना बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेविसंघ अधिवेशनका लागि समय थप्ने कि विघटन गरेर तदर्थ समिति बनाउने भन्ने विवाद नेताहरुबीच कायम रहेपछि बहुमतबाट निर्णय लिइएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएका कारण निर्णयमा सर्वसम्मत भएन । संघको वर्तमान कार्यसमितिको कार्यकाल आइतबारदेखि नै सकिँदै थियो । आइतबार समय नबढाएको भए वर्तमान कार्यसमिति विधानतस् स्वतस् विघटन हुने अवस्था थियो । सहमतिबाटै निर्णय लिन शनिबार बैठक रोकिएको थियो । सर्वसम्मत निर्णयका लागि आइतबार पनि दिनभर प्रयास भए । नमिलेपछि दुई बजे बोलाइएको बैठक ६ बजेमात्रै बसेको थियो ।

संघका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्लेलगायत वर्तमान पदाधिकारीहरुले पार्टी नेतृत्वलाई अधिवेशन गराउन दुई महिनामा नसकिने भन्दै ६ महिनाकै समय दिन आग्रह गरेका थिए । तर, सभापति देउवा दुई महिनाभन्दा बढी समय थप्न तयार नदेखिएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बहुमतबाट नेविसंघको कार्यकाल दुई महिना बढाउने निर्णय भएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७५, सोमबार  ४ : २७ बजे