मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु सरकारको असक्षमता : कांग्रेस केन्द्रिय सदस्य गगन थापा



भीमदत्तनगर –

कांग्रेसका केन्द्रिय सदस्य एबम युवा नेता गगन थापाले  निर्मला पन्तको न्यायका निम्ति लडाइँ नसकिएको बताएका छन ।

१३ वर्षीया बालिकाको बलत्कार पछी हत्या हुनु र घटनाको दोशी पत्ता लगाएर कार्बाही गर्न देशको सरकार र प्रसाशन अशक्षम हुनु ,अझै प्रहरी प्रसाशनको भूमिका नै शङ्काश्पद हुनु सामान्य कुरा नभएको नेता थापाले बताए  ।

कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेसको पार्टी कार्यालयमा कांग्रेस कार्यकर्ताहरुलाई  सम्बोधन गर्दै नेता थापाले जसरि निर्मलाको हत्या भयो यो भन्दा निकृष्ठताको अर्को उदाहरण हुन नसक्ने बताउदै नेता थापाले एस्तो घटनाको छनबिनमा उदाशिन रहने सरकार जनाताको सरकार हुनै नसक्ने नेता थापाले बताए ।

न्यायको पुकार गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि धर्नामा रहेका निर्मलाका बुवाआमासँग समेत नेता थापाले भेट गरेका छन ।उनिहरुसग कुरा गर्दै नेता थापाले हत्या को अनुशन्धानका बारेमा आफुले प्राधानमन्त्री सग भेटेर कुरा गर्ने समेत बताए ।

 

 

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार  १२ : ४६ बजे