एजेन्सि-
निकै हिट चलचित्रहरुमा काम गरेकी बलिउड नायिका नेहा धुपियाले आइतबार छोरीलाई जन्म दिएकी छिन् । भारतिय अखबारहरुका अनुसार नेहा धुपियाले खारस्थित एक अस्पतालमा छोरी जन्माएकी हुन ।
नेहा धुपिया र अंगद बेदी करिब ६ महिना अघी मात्रै बिबाहा बन्धनमा बाधिएका हुन । यो जोडिको विवाहले निकै चर्चा बटुलेको थियो । सोसल मिडिया मार्फत घोषणा गर्दै दुबैले निकै गोप्य तरिकाले विवाह गरेर सबैलाई अचम्मित बनाएका थिए ।
विवाहको केही समयपछि नै नेहाले आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । नेहा गर्भवती भएको खबर सोसल मिडियामा निकै चर्चामा रह्यो । हालै नेहाको च्याट शोमा आनन्दले नेहाको गर्भावस्थाबारे खुलासा गर्दै बिबाहा अघी नै नेहा गर्भवती भएको खुलासा गरेका थिए ।