पोखरा-
पोखरा इन्जिनियरिङ्ग कलेज फिर्के पोखरामा ताला बन्दी भएको छ।
लामो समय देखी काउन्सिलको चुनाव माग गर्दै आयता पनि कलेज प्रशासनले बेवास्ता गरेको कारण नेबिसंघले अनिश्चित कालिन ताला बन्दी गरेको हो ।
कलेजमा रहेका विभिन्न संगठनकाका कार्यक्रममा पनि भेदभाव पुर्ण शैली अपनाउदै आएकोले कलेज को भेदभाब पुर्ण शैलीको बिरोध गर्दै तालाबन्दी गर्न बाध्य भएको पोखरा इन्जिनियरिङ्ग क्यम्पसका नेबिसंघ उपसभापति निरोज लमिछानेले बताए । नेबिसंघ क्यम्पस इकाईका सभापती मनोज गिरिको हस्ताक्षरमा जारी बिज्ञप्तिमा पटक पटक सरोकारवालाहरुको बैठक बोलाइए पनि विभिन्न कारण देखाइ बैठकले कुनै पनि निर्णय लिन नसक्नु अत्यन्तै चिन्ताजनक विषय भएको बताइएको छ ।
नम्रशैलीमा आफ्ना जायज मागहरु लिएर कलेज प्रशासनमा जादा कलेज प्रशासकले धम्किपुर्ण शैलीमा चेतावनी समेत दियकोले नेबिसंघ आन्दोलनमा उत्रनुपरेको सभापति गिरिले बताए । यो आन्दोलनलाई बेवास्ता गरि कलेज प्रशासनले लत्याउन खोजीयमा थप संघर्शपुर्ण तरिकाले अघि बड्न बाध्य हुने सचिब टेनिश श्रेष्ठले बताए ।