मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनाताको तिब्र बिरोध बाबजुत पनि अन्ततः सरकारले सुरु गर्यो राष्ट्रपतिका लागि विलासी गाडी खरिद प्रक्रिया



९ मंसिर, काठमाडौं–

तिब्र सामाजिक असन्तुष्टिका बाबजुत अन्तत  सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर किन्न लागिएको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

त्यसमा एक बुलेटप्रुफ, अर्का दुई वटा बुलेटप्रुफ जस्तै देखिने ‘फुलअप्सन’का विलासी गाडी हुनेछन् । गाडी खरिदलाई लिएर चर्को विरोध भइरहँदा पनि सरकारले थाइल्यान्डको ओरा इन्टरट्रेड कम्पनी लिमिटेडमार्फत गाडी ल्याउने तयारी गरेको छ । नेपालमा टोयोटा गाडी बिक्री गर्दै आएको वैद्य अर्गनाइजेसनले यसमा सहजीकरण गरेको छ । यसको ओरासँग सीधा सम्बन्ध छ ।

विशेष परिस्थितिमा मात्र रकमान्तरमार्फत बजेट उपलब्ध गराउने प्रचलन भए पनि राष्ट्रपतिलाई गाडी खरिदका लागि १४ करोड ३२ लाख ९१२ लाख ३४ हजार ४ सय ६८ अमेरिकी डलर० को प्रतीतपत्र खोल्ने बुधबार स्वीकृत दिइएको हो । नियमित बजेट चार करोडबाट राष्ट्रपतिको सुरक्षाका लागि पछुवा गाडी, बस र एम्बुलेन्स खरिद प्रक्रिया यसअघि नै अघि बढिसकेको छ ।

राष्ट्रप्रमुख चढ्ने हुनाले हाइल्यान्डर जिपलाई बुलेटप्रुफ बनाउँदा महँगो पर्न गएको सरकारी तर्क छ । थाई कम्पनीले बेच्ने ती गाडी क्यानडा लगेर बुलेटप्रुफ बनाइँदै छ । राष्ट्रपतिका लागि उपयोग हुने तीन वटा गाडीको मूल्य नै १२ करोड पर्नेछ । तीन वटा उहीखाले र दुई फरक प्रकारका गाडी तत्काल खरिद गर्न लागिएको हो । अन्य तीन गाडी सेनाले सुरक्षाका लागि भन्दै छुट्टै पुरानो बजेटअनुरूप खरिद गर्ने गरी तत्काललाई मिलान गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  ६ : ३१ बजे