पर्यटनमन्त्री अधिकारीलाई गृहजिल्लामै कालो झण्डा देखाउने ६ जना पक्राउ



पोखरा मंसिर, १०–

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीले गृहजिल्लामै कालो झण्डाको सामना गर्नुपरेको छ । सोमबार मन्त्री अधिकारीलाई  कालो झण्डा देखाएको आरोपमा पोखराबाट ६ विद्यार्थी नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले उनीहरुलाई  गरिएको पुष्टि गरेको छ  । अहिले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको बताईएको छ ।
नयाँ शक्तिका एक नेताका अनुसार वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार  २ : २९ बजे