मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मापसे गरेर सवारी साधन चलाउने महिलाको सङ्ख्या बढ्दो



मङ्सिर ११ मंगलबार,  काठमाडौँ ।

पछिल्लो समय सामाजिक रहनसहन र मान्यताहरुमा छिटो छिटो परिवर्तनहरु आइ रहेका छन । शाहरतिर महिलाहरुले पनि पुरुषह सरह नै पारिवारिक, सामाजिक स्वतन्त्रताको उपभोग गर्न थालेका छन । महिलाहरु पनि आत्मनिर्भर बन्न थालेपछी पुराना सामाजिक र पारिवारिक मान्यताहरुलाई छोडेर आफ्नै हिसाबले हिड्ने हरुको सङ्ख्या उल्लेख्य बढ्न थालेको छ ।

आजभोलि महिलाहरुले पनि बारमा या पार्टिमा मदिरा पिउने कुरा सामान्य जस्तै बनी सकेको छ ट्राफिक प्रहरिको तथ्याङ्क अनुसार पनि मापसे गरेर ड्राइभिङ गर्ने महिलाहरुको सङ्ख्या बढिरहेको देखाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४–७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको हो । ।

आव २०७४–७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

“पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो,” उनले भने, “महीलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको पाइयो ।”

लेन अनुशासनतर्फ आव २०७४–७५ मा तीन हजार २५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालु आवको चार महीनामा ७५२ महीलाले सो कक्षा लिएका छन् ।

आव २०७४–७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालु आवको चार महीनामा सो कक्षा लिने महीलाको सङ्ख्या दुई रहेको महाशाखाले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार  ४ : ५५ बजे