मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेबिसंघको आकस्मिक केन्द्रिय समिती बैठक सम्पन्न महाधिबेसनको कार्यतालिका सार्बजनिक



मङ्शिर ११,काठ्मान्डौ-

कांग्रेस भातृ सँगठन नेबिसंघले आगामी पुष २८,२९ र ३० गते संघको महाधिबेसन गर्ने कार्यतालिका सार्बजनिक गरेको छ । आज बसेको संघको आकस्मिक केन्द्रिय समिती बैठक पछी पत्रकार सम्मेलन गर्दै महाधिबेशनको कार्यतालिका सार्बजनिक गरिएको हो ।

कार्यतालिका अनुसार मङ्शिर २२ सम्म उच्च माबी र क्यम्पसको अधिबेशन् , मङ्शिर २५ गते सम्म गाउ, नगर अधिबेशन् , पुष ८ सम्म उपत्यका भित्रका विश्वबिधालय , क्यम्पस अधिबेशन् , पुष १४ गते सम्म सबै जिल्लाहरुको जिल्ला अधिबेशन र पुष २० गते सम्म प्रदेश समितिको अधिबेशन तोकिएको छ ।

कांग्रेस भातृ सँगठन नेबि संघको बिधान अनुसारको कार्यकाल सकिएर पनि मात्री पार्टी नेपाली कांग्रेसले २ पट्क नेबिसंघको कार्यकाल थप गरी सकेको छ । पछिल्लो पटक थपिएको २ महिनाको कार्याकाल माहाधिबेशन गर्न पर्याप्त नभएको भनिए पनि नेबिसंघले महाधिबेशनको तालिका सार्बजनिक गरेको हो ।

संघले महाधिबेशनको तालिका प्रकाशन गरेपनी बिधार्थी नेताहरु र पार्टिका नेताहरु महाधिबेशन हुनेमा बिस्वस्त नभए पनि संघका अध्क्षय नैन सिह महर लगायत संघका सबै पदधिकारीहरुले अब महाधिबेशन हुनेमा बिश्वासत हुन पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन ।

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलबार  १० : १४ बजे