मङ्शिर १२, काठमाडौँ –
पछिल्लो समय सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा ब्यपकता पाइरहेको बाइड बडी बिमान खरिद नियम अनुसार नभएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बताएको छ ।
बाइड बडी बिमान खरिद प्रकृया को बारेमा हाल समितिले छन्बिन गरिरहेको छ ।
प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार निगमले वाइड बडी खरिद प्रक्रियामा ब्राण्ड नै तोकेर टेण्डर आह्वान गर्नुसहितका प्रक्रियाहरु ऐन अनुकुल नदेखिएको बताएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधु रेग्मीले सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा ब्रिफिङ्ग गर्दै ब्राण्ड तोडेर टेण्डर आह्वान गर्नु, पुरानो जहाज किन्ने प्रक्रियाबाट नयाँ जहाज ल्याउनु ऐन अनुकुल नरहेको बताएका हुन् ।
सरकारी छनबिनले समेत बाइड बडी खरिद नियम अनुसार नभएको जनाएको छ भने नेपाल बायु सेवा निगम आर्थीक रुपमा टाट पल्टेर सरकारसग सहयोग मागी रहेको छ ।
यस सगै वाइड बडी खरिदको मुद्दा झनै पेचिलो बन्दै गैरहेको छ ।