मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोलमा पोष्टर झुन्ड्याउन सरकारी ढुकुटिको ६७ लाख भन्दा बढी स्वाहा



१४ मंसिर, काठमाडौं–

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम शुभारम्भको प्रचार–प्रसार र उद्घाटन व्यवस्थापनका लागि ६७ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खर्चको जानकारी गराएका हुन् ।

प्रचार–प्रसार र उद्घाटन कार्यक्रमको व्यवस्थापनमा लागेको खर्च अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको उनले बताए ।

‘बाहिर अफवाहका रूपमा आएजस्तो प्रचार–प्रसारमा करोडौँ करोड खर्च भएको छैन,’ बाँस्कोटाले भने, ‘खर्च भएको रकम अर्थ मन्त्रालयले कोषलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।’

त्यस्तै, बैठकले आगामी २७ र २८ मंसिरमा काठमाडौंमा आयोजना हुने नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श बैठकका लागि स्वीकृति प्रदान गरेको छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  ५ : २२ बजे