मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा एक ब्यबसायिको हत्या , हत्याको आशङ्कामा एक व्यक्ति पक्राउ



घोराही –

दाङमा एक व्यवसायीकाे हत्या भएकाे छ। घोराही उपमहानगरपालिका १३ को सेवा खोला पुन नजीक विहिबार राति एक व्यवसायीको हत्या भएको हाे। घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार विहिबार बेलुकी करीब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेपछि उनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो। हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको र उनीमाथि अनुसन्धान भैरहेको प्रमुख पाण्डेले बताए। हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो। रासस

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  ५ : ४६ बजे