मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनिती सफा गर्ने आन्दोलन चाहियो : नेकपा नेता नारायणकाजी श्रेष्ठ



१४ मंसिर, विराटनगर –

मानव अधिकार तथा शान्ति समाजको २१ औं राष्ट्रिय परिषद भेलामा शुक्रबार बोल्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा व्याप्त भष्टाचार नियन्त्रण नगरी समृद्धि हासिल नहुने बताएका छन् ।

मुलुकमा अब राजनिती सफा गर्ने आन्दोलन चाहिएको बताउदै नेता श्रेष्ठले सुशासन कायम नभएसम्म विकास र परिवर्तन सम्भव नभएको धारणा राखे ।

विकास र परिवर्तन नभएसम्म जनतामा निराशा बढ्ने भन्दै नेता श्रेष्ठले यस्तो नैराश्यताले दक्षिणपन्थी शक्तिहरुको चलखेल बढ्ने र मुलुक विखण्डनकोसमेत डर हुने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  १ : ५८ बजे