मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड प्रस्थान



काठमाडौँ —

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेकी छन् ।

पोल्याण्डको कातोबीचे शहरमा हुने उक्त सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीले सोमबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि आइतबार उनले पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गर्नेछिन् ।

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार  १ : ०७ बजे