मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी स्वदेश फर्किइन



काठमाडौं मंसिर, १६–

म्यानमारकी नेतृ आङ सान सुकी स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले विदाई गरे ।

सुकी काठमाडौंमा आयोजित एसिया प्यासिफिक सम्मेलनमा भाग लिन गएको बिहीबार नेपाल आएकी थिइन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेकी थिइन् ।

भृकुटीमण्डपमा आयोजित ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन समेत गरेकी थिइन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार  ८ : ३३ बजे