मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीसँग कम्बोडिया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीद्वारा भेट



काठमाडौं मंसिर, १६–

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कम्बोडिया र पलाउका पूर्वराष्ट्रपति तथा पाकिस्तानका पूर्वप्रधानमन्त्रीले भेट गरेका छन् ।
एसिया प्यासिफिक सम्मेलनमा सहभागी काठमाडौं आउनुभएका पूर्वसरकार प्रमुखसँग आज भएको भेटमा नेपालको शान्ति प्रक्रिया र सरकारले अघि सारेका समृद्धिका योजनाहरुबारे छलफल भएको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी सँग भएको भेटमा सार्कलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल सार्कको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए । “नेपाल चाँडो सम्मेलन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहन्छ,” प्रधानमन्त्रीले सार्कप्रति आफ्नो प्रतिबद्धता दोहो¥याउँदै भने, “सार्कलाई प्रभावकारी बनाउन हाम्रो प्रयत्न सदैव रहन्छ ।”
गिलानीसँग दक्षिण एसियाका देशको पारस्परिक व्यापार र लगानीको आदानप्रदान बढाएर जानेबारे पनि छलफल भएको छ । गिलानीले नेपालले लिइरहेको प्रगति र स्थायित्वको बाटोबारे जानकारी भएको भन्दै प्रशंसा गरे ।
कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्राना अरंगो ले पनि प्रधानमन्त्री ओलीसँग भेट गरेका छन्  । भेटमा पूर्वराष्ट्रपति अरंगोले नेपालको शान्ति प्रक्रियाको सफल प्रयासबाट आफ्नो मुलुक पनि प्रभावित भएको बताए ।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका मूलभूत कामहरु सकिएको उल्लेख गर्दै बाँकी कामहरु पनि छिट्टै पूरा गर्ने जानकारी दिए ।  प्रधानमन्त्रीले कोलम्बियासँग कुटनीतिक सम्बन्ध लामो भएको स्मरण गर्दै व्यापार–वाणिज्य क्षेत्रबाट सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए ।
यसैगरी प्रधानमन्त्री ओलीसँग पलाउका पूर्वराष्ट्रपति जोनसन टोरीवियङले पनि भेट गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार  ८ : ५८ बजे