मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव नेपालको असन्तुष्टिले पार्टीमा विवाद चर्किदै,सचिवालयको निर्णयबाट पछि हट्यो नेकपा



काठमाडौं मंसिर, १७–

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टि सार्वजनिक भएको छ । नेता नेपालको असन्तुष्टिसँगै नेकपा सचिवालयको निर्णयबाट पछि हटेको छ । गएको १२ गते बसेको सचिवालय बैठले प्रदेश सदस्यहरुको नाम टुंगो लगाएको र त्यसको भोलिपल्ट सार्वजनिक गर्ने भनिएपनि अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

नेकपा स्रोतका अनुसार नेता नेपालकै असन्तुष्टिका कारण नाम सार्वजनिक नगरिएको हो । नेता नेपालले प्रदेशको इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष चयनमा पनि असहमति जनाएका थिए । १२ गतेको सचिवालय बैठकले केही नाम थप गर्ने र केही हटाउने समझदारी जुटाएको थियो । प्रदेश १, २ र ३ को नाम अन्तिम भए पनि अन्य प्रदेशको टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ ।

बरिष्ठ नेता नेपालले सचिवालयबाट टुंगिएका कतिपय व्यक्ति मापदण्डमा नपर्ने भन्दै सार्वजनिक सच्याउन माग गरेका छन् । नेपाललको असन्तुष्टिपछि पुनः नाम टुंग्याउने जिम्मा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ ।

गएको असोज ५ गतेको बैठकबाट नेकपाले प्रदेश इन्चार्ज–सहइन्चार्ज तथा अध्यक्ष–सहअध्यक्ष टुंगो लगाएको थियो । त्यतिबेला नेपाल विदेशमा भएको हुनाले बैठकमा सहभागी थिएनन् । आफू विदेशमा भएका बेला प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरिएको भन्दै विरोध जनाएका थिए ।

तत्काली एमाले र माओवादी केन्द्रबीच गएको जेठ ३ गते पार्टी एकता भएको थियो । पार्टी एकता भएको झण्डै ७ महिना पुरा हुन लाग्दा पनि त्यसले पूर्णता पाएको छैन । पार्टीका जवसको एकता पनि अन्योलमा छ ।

अध्यक्षद्वयको उदासिनता कारण एकताले मुर्तरुप लिन नसकेको एक स्थायी समिति सदस्यले । अध्यक्षहरुले पार्टीको स्थायी समिति र केन्द्रीय समितिको बैठक समेत बोलाउन नसकेको उनको आरोप छ । एकतापछि स्थायी र केन्द्रीय समिति बैठक एकरएक पटक मात्रै बसेको छ ।

मंसिरको पहिलो साता नेकपाका २२ केन्द्रीय सदस्यहरुले एकता छिटो टुङ्ग्याउन, पोलिटब्यूरो गठन गर्न र केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गर्दै महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र पेश गरेका थिए ।

त्यसयता उनीहरुले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, सचिवालय सदस्यहरु झलनाथ खनाल र वामदेव गौतमलाई समेत भेटेर आफ्ना मागहरु राखेका छन् । तर, उनीहरुको मागको अहिलेसम्म सम्बोधन हुन सकेको छैन ।

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार  १२ : ४९ बजे