मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिनाउ नदिमा मोटरसाइकल खस्दा चालकको म्रुत्यु



१८ मंसिर, बुटवल ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डमा मोटर्साइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मोटरसाइकल तिनाउ नदीमा खस्दा चालकको मृत्यु भएको प्रहरिले जनाएको छ ।

लु ३० प ४१९३ नम्बरको मोटरसाइकल तिनाउ गाउँपालिका-३ हेडवर्क्स नजिकै नदीमा खसेको थियो । दुर्घटनामा पाल्पाको तानसेन-९ मदनपोखराका गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल-तानसेन सडकखण्ड मर्मतको काम भइरहेकोले मंसिर १७ गतेदेखि १९ गतेसम्म बिहान १० बजेदेखि अपराहृन चार बजेसम्म सडक बन्द गरिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार  ६ : ०३ बजे