मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा सुधार्, दुुबै सुचक बढे



काठमाडौं मंसिर, १८–

अघिल्लो दिन सामान्य अंंकले बढेको नेप्सेमा आज भने करेक्सन देखिएको छ । आज नेप्से १० दशमलव २७ अंकले बढेर ११ सय ४२ दशमलव एक अंकमा पुुग्दा सेन्सिटिभ दुई दशमलव ६७ अंकले बढेर दुई सय ४२ दशमलव ९३ अंकमा पुुगेको छ । आज एक सय ६१ कम्पनीहरुको चार हजार ९१ वटा कारोबारमा १२ लाख २२ हजार एक सय ४४ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ३८ करोड २६ लाख ५९ हजार ६७ रुपैयाँ पुुगेको छ ।

आज १० वटा समुहको कारोबार भएकोमा ट्रेडिङ र होटल समुहले गुमाए पनि बाँकी आठ वटा समुहले कमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक सात दशमलव २२ अंकले बढेर एक हजार दशमलव ७१ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम २७ करोड ८४ लाख २० हजार रुपैयाँ पुुगेको छ । बिकास बैंक समृुहको सुचक पनि ३२ दशमलव दुुई अंकले बढेर १४ सय ७० दशमलव १९ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम दुुई करोड ६९ लाख ४९ हजार नौ सय रुपैयाँ पुुगेको छ । आज जलबिद्युुत समुहको सृचक पनि सात दशमलव ४४ अंकले बढेर ११ सय ७३ दशमलव ६२ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम एक करोड ११ लाख ९७ हजार नौं सय रुपैयाँ पुुगेको छ । निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि बढेका छन् ।

कमाउने कम्पनीहरुको सुचीमा आज लक्ष्मी लघुबित्त बित्तीय संस्था, रैराङ हाईड्रो पावर लगायतका कम्पनीहरु परेका छन ्भने गुुमाउने कम्पनीहरुको सुचीमा महिला सहयात्रा बित्तीय संस्था, ग्लोबल आईएमई लघुबित्त बित्तीय संस्था आदि परेका छन् । कारोबार भएको रकमको आधारमा भने आज नेपाल बैंक, एनएमबि बैंक लगायतका कम्पनीहरु परेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार  ११ : ३८ बजे