मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समायोजनमा जानेलाई एक तह बढुवा गरेर प्रहरीमा पनि समायोजनको तयारी



काठ्मान्डौ-

समायोजनको क्रममा कर्मचारीले जस्तै नेपाल प्रहरीले पनि एक तह बढुवाको सुविधा पाउने भएका छन् । प्रहरी समायोजन विधेयकको मस्यौदामा प्रदेशमा समायोजन हुन चाहने प्रहरीलाई एक तह बढुवाको सुविधा दिइने उल्लेख छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

काठमाडौं मंसिर, १९–कानुन, संसदीय व्यवस्था तथा न्याय मन्त्रालयले विधेयकको मस्यौदामा सोमबार आफ्नो राय दिई गृह मन्त्रालय पठाएको छ । प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी तथा प्रदेश प्रहरी सञ्चालनसम्बन्धी ऐन र आन्तरिक शान्तिसुरक्षासम्बन्धी ऐनको मस्यौदा रायसहित गृह पठाइएको कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले बताए ।

समायोजन गर्दा प्रहरी नियमावलीअनुसार माथिल्लो तहमा बढुवाका लागि योग्यता पुगेका प्रहरीले एक तह बढुवा पाउनेछन् । जसमा कार्यरत पदको अवधि तथा शैक्षिक योग्यतालगायत विषय पर्दछन् । तर, कुन तहसम्मका प्रहरीलाई एक तह बढुवाको सुविधा दिने तय भइसकेको छैन ।

केही हप्ताभित्रै प्रहरी समायोजन ऐन अध्यादेशमार्फत ल्याउने सरकारको तयारी छ । समायोजनका लागि गृहसचिवको अध्यक्षतामा एक कार्यदल गठन गर्ने र त्यसले विस्तृत मापदण्ड बनाई समायोजन प्रक्रिया अघि बढाउने मस्यौदामा उल्लेख छ । समायोजनका लागि सुरुमा समायोजन हुन चाहेको प्रदेश छनोट गरेर आवेदन दिनुपर्नेछ 

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार  ३ : ५४ बजे