मङ्शिर १९, काठ्मान्डौ-
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रहरीकै मिलेमतोमा प्रमाण नष्ट गरिएकाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नहरू पक्राउ पर्न नसकेको बताएका छन्।
मंगलबार सुर्खेतमा आयोजित एक कार्यक्रममा मन्त्री ज्ञवालीले एस्तो बताएका हुन ।
‘निर्मला पन्तका लागि न्यायको विषय अहिले यो देशको प्रमुख विषय बनेको छ’ मन्त्री ज्ञवालीले भने, ‘विगतमा न्याय दिलाउन प्रमुख भूमिका खेल्नु पर्नेहरूबाट नै प्रमाण नष्ट भएको छ, त्यसकारण पनि निर्मला पन्तको न्यायमा ढिलाइ भएको हो।’