मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अष्ट्रेलियाका लागि नेपाली राजदूतले मानब तस्कारी गरेको बिषयमा सरकारको जवाफ चाहियो:कांग्रेस प्रबक्ता शर्मा



काठमाडौं मंसिर, १९–

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा उठेको प्रश्नलाई गम्भिर रुपमा लिएको नेपाली कांग्रेसले जनाएको छ । बुधबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै केहि समय यता राजदुत शेर्पा ‘मानव तस्करीमा संलग्न’ भनी उठेको प्रश्नलाई गम्भीर रुपमा लिएको जनाएका छन । पार्टी प्रवक्ता शर्माले बिज्ञप्तिमा निजकै सहयोगीले सो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई झनै गम्भीर रहेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ , ‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो । अतः राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं ।’

तत्कालै आवश्यक छानविन गर्न, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराएको छ ।

शेर्पामाथि आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएका थिए । नेपाली दूतावास अष्ट्रेलियामा चालकका रुपमा कार्यरत शेर्पाका सवारी चालक ओङ्छु शेर्पाबाटसमेत लक्कीले मोटो रकम असुलेर त्यहाँ लगेको बताएका थिए । चालक शेर्पाले लक्की र उनका पतिले अमेरिका पठाइदिने भन्दै आफूसँग सुरुमा २२ लाख रकम लिएको आरोप लगाएका थिए ।

अमेरिकाको भिसा नलागेपछि राजदूत दम्पत्तिले थप १० लाख रुपैयाँ लिएर अष्ट्रेलिया लगेको उनको भनाइ छ । त्यहाँ पुगेपछि पनि कूल ६० लाख दिनुपर्ने पूर्वसर्त अनुसार आफूले मासिक एक हजार डलर शेर्पा दम्पत्तिलाई बुझाउने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार  १० : ४७ बजे