मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापानमा दुई अमेरिकी लडाकु विमान हावामा जुध्दा ६ नौसैनिक बेपत्ता



काठ्मान्डौ-
एजेन्सि-

जापानमा बिहिबार दुई अमेरिकी लडाकु विमान एक आपसमा ठोकिएका छन् । मरीन कर्प्स एयर स्टेशनबाट उडान भरेका दुइ अमेरिकी लडाकु विमान एफ-१८ र सी-१३० हवाइ इन्धन भर्ने क्रममा हवामा एक आपसमा ठोकिएका हुन् । विमान ठोकिएपछि ६ नौसैनिक बेपत्ता रहेको बिबिसी समाचारमा उल्लेख छ ।

खोजी कार्यका लागि जापानले चार वटा एयरक्राफट र तीन जहाज परिचालन गरेको छ । दुवै लडाकु विमानले नियमित तालिमको क्रममा सो स्टेशनबाट उडान भरेका थिए । दुर्घटना पछी खोजी कार्यका लागि जापानले चार वटा एयरक्राफट र तीन जहाज परिचालन गरेको छ । खोजिकार्य जारी रहेको जनाइएको छ ।

अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार जापानमा ५० हजार सैनिक छन् । गत नोभेम्बर महिनामा पनि अमेरिकी नेभी लडाकु विमान जापानको समुद्रमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७५, बिहिबार  ७ : ४५ बजे