काठमाडौं मंसिर, २०–
निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब ५ महिनापछि गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिएको छ । यद्यपि, गृहमन्त्रालयले अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको गृहमन्त्रालय निकट स्रोतले जनाएको छ ।
गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र डा.इन्द्रजित राई तथा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीबीच यस विषयमा छलफल भएको बुझिएको छ ।
उता प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन भएको तत्काल अनुसन्धानमा खटिएका प्रहरीमाथिको छानबिन तथा अनुसन्धान टोलीले अहिलेसम्म ठोस प्रतिवेदन दिएको छैन ।
देशव्यापी चासोको विषय बनेको निर्मला हत्या घटनाले यसले प्रहरीको विश्वसनीयतामा प्रश्न खडा गरेको र गृह मन्त्रालय तथा सरकारलाई नै दबाब महसुस भएकाले प्रहरीकै विशेषज्ञ टोली बनाएर अनुसन्धान गर्नुपर्ने मन्त्रालयको ठहर छ ।
घटनाको छनबिन गर्न भन्दै यस अघी नै प्रहरिले झाण्डै दर्जौनौ समिती बनाइ सकेको छ । तर कुनै समितिले पनि ठोस प्रमाण जुटाएर दोशी पत्ता लगएर कार्बाहिको दायरमा ल्याउन सकेका छैनन ।यस बिचमा सरकारका मन्त्रीलनै हत्याको प्रमाण प्रहरिले नष्ट गरेकोले अपराधी पत्त लाग्न नसकेको बताइसकेका छन भने नागरिक स्तरबाट पनि धेरै असन्तुष्टीहरु आइ रहेका छन्
घटना भय देखी अहिले सम्मको अवस्था हेर्दा अब अन्य सरकारी न्यायिक निकायले नेपाल प्रहरी माथी नै छन्बिन गर्नुपर्ने पर्ने जस्तो देखिन्छ तर गृह मन्त्रालय अझै घटना को अनुशन्धान गर्न फेरी बिशेशज्ञ प्रहरी सम्मिलित टोली गठन गर्ने तयारिमा रहेको बुझिएको छ तर अब प्रहरी अनुशन्धानले घटनाको दोशी पत्ता लाग्छ भनेर आम नागरिकले भने बिश्वाश गुमाइ सकेका छन ।