मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फरार अभियुक्त राजन लिम्बुलाई समाउन प्रहरीद्वारा गोली प्रहार



काठमाडौं मंसिर, २१–

काठमाडौंको रातोपुलमा गोली चलेको छ । प्रहरीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउने परेको जनाएको छ । महाशाखाका अनुसार उनी पनि हतियारसहित उपस्थित भएका थिए ।
प्रहरीका अनुसार अभियुक्त लिम्बु इटहरीमा भएको डकौती सम्बन्धी घटनामा संलग्न थिए । उनी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पनि जोडिएका व्यक्ति हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  १ : ४३ बजे