बिहान शौच गर्न जादा बम पड्केर सिराहामा २ जना घाइते



२३ मङ्शिर् ,सिरहा –

सिरहाको सिमावर्ती भगवानपुर गाउँपालिका ४ ठाडी स्थित बलानखोलामा बिहान शौच गर्न गएका दुईजना बम पड्केर घाइते भएका छन । घाइते हुनेमा स्थानिय २७ वर्षीय संजय यादव र २८ वर्षीय ओमप्रकाश यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहले जनाएको छ ।

बिहान शौच गर्न खोला पुगेका बेला नाइलन प्लास्टिकको झोला देखेपछी उनीहरुले त्यस्लाई चलाउदा बिस्फोट भएर उनिहरु घाइते भएका हुन । घाइतेको उपचार भारतीय बजार लौकहामा भइरहेको प्रहरी कार्यालय सिरहा ले जनाएको छ ।

झोलाभित्र पान परागको बट्टामा बनाएको ‘गोल्टीन बम’ रहेको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजेश थापाले बताए। विस्फोट परेका दुवैजना समान्य घाइते भएको उनले जानकारी दिए।

प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार  ८ : ५९ बजे