२३ मंसिर, नवलपरासी –
आइतबार विहान नवलपरासीको सुनवलमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आएको ग १५ प ३४९२ नमबरको मोटरसाइकललाई विहान सवा नौ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
मोटरसाइकल चालक कास्की पोखरा महानगरपालिका १६ लामाचौर बस्ने २९ वर्षका प्रवीन गुरुङ पृथ्वीचन्द्र अस्पतालमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो भने बानियाँको देवदह मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो
दुर्घटनाका कारण मोटरसाइकल जलेको र ठक्कर दिने ट्यांकरका चालक फरार रहेका प्रहरिले जनाएको छ ।








